
विराटनगर । भारतलाई टाइब्रेकरमा पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
भारतलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट लिइएको हो । उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्नेछ ।



















