फाइनलको टिकट ३ घण्टामै ‘सोल्डआउट’

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १४, बुधबार १३:४६

काठमाडौं । दशरथ रंगशालामा बुधवार साँझ हुने साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको टिकट बिक्री खुला भएको तीन घण्टामै ‘सोल्डआउट’ भएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको बिक्री तीन घण्टामै सकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए । भीआइपीतर्फ एक हजार र साधारणतर्फ १० हजार टिकट बिक्री गरिएको छ ।

त्यसमध्ये खल्तीबाट खरिद भएका ४१ सय टिकटलाई एन्फाले मान्यता दिँदै ४९ सय टिकट मात्र बुधवार विक्री गरेको छ । भिआइपीतर्फ खल्तीबाट बिक्री गरिएका टिकट भने रद्द गरेर एन्फाले आफैले बिक्री गरेको छ ।

यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको भन्दै एन्फाले ठेकेदार कम्पनीसँग सम्झौता रद्द गरेर आफै बिक्री गर्ने निर्णय गरेको थियो।

त्यसका लागि बुधवार बिहान ८ बजे काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानबाट भौतिकरुपमा उपस्थित भएर टिकट खरिद गर्ने व्यवस्था मिलाइएको थियो।

ठेकेदार कम्पनीले भने खल्तीसँग सम्झौता गरेर अनलाइनबाट टिकट बिक्रीको व्यवस्था गरेको थियो। फाइनलका लागि खल्तीबाट साधारणतर्फ ४१ सय र भिआइपीतर्फ १५ सयभन्दा बढी टिकट बिक्री भएको एन्फाले जनाएको छ ।

भीआईपीका लागि ३ सय र खेलाडीका लागि तीन सय वटा पास व्यवस्था गरिएको पनि बताइएको छ। यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा १९ हजारभन्दा बढी दर्शक रंगशाला छिरेका थिए। २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.