कार्यालय सहयोगीका भरमा किमाथांका भन्सार कार्यालय

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार १६:५०

किमाथांका (संखुवासभा) । संखुवासभाको किमाथांका भन्सार कार्यालयमा ९ जना कर्मचारीको दरबन्दी छ । तर, उक्त कार्यालयमा कर्मचारी नै छैनन् ।

भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा संखुवासभाको उत्तरी भोट खोलावासीले सास्ती खेपिरहेका छन् ।

किमाथाांका भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालयमा सरुवा भएपछि उक्त कार्यालय कार्यालय सहयोगीले थेगिरहेका छन् ।

उत्तरी क्षेत्र किमाथाांकामा विक्रम संवत २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ ।

भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ । उता किमाथाांका सीमा भन्सार कार्यालय करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै रहेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

किमाथाांका सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन खाँदबारी आउनुपर्ने बाध्यता छ । भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो ।

उत्तरी क्षेत्र किमाथाांका नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन् । भन्सार कार्यालयले गत वर्ष ७५ हजार ५ सय ५७ रूपैयाँ राजस्व संकलन गरेको थियो । जेठ १२ गतेबाट चीनसँगको नाका सञ्चालनमा आएपछि किमाथाांका भन्सार कार्यालयले एक लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

किमाथाांका नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा तीन–चार दिन पैदल हिँडेर सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ । उत्तरी भोटखोलाका बासिन्दा सीमापारि चीनको चाँगा, देन्दाङलगायतका बजारमा सिमापासका आधारमा चिनियाँ बजारमार्फत खाद्यान्नदेखि दैनिक उपभोग्य सामान आयात गर्दै आएका छन् ।

किमाथाांका सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ । खाँदबारीदेखि किमाथाांकाको दूरी एक सय ६२ किलो मिटर छ । रासस

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.