
काठमाडौं । सहकारीपीडित र प्रहरीबीच काठमाडौंको माइतीघर मण्डलामा झडप हुँदा ३ जना घाइते भएका छन् ।
सहकारीपीडितहरुले माइती घर मण्डलमा जम्मा भेला भएर विरोध गर्दै बानेश्वरतर्फ जान थालेपछि प्रहरीले रोकेको थियो । प्रहरीले बानेश्वरतर्फ जान रोक लगाएपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि बल प्रयोग गर्दा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको टाउको गहिरो चोट लागेको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले बताएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा सहकारी पीडितहरूले राजधानीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।

























