
काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल कबड्डी लिग’ (एनकेएल) आयोजना गरिने भएको छ ।
६ शहरको प्रतिनिधित्व रहने गरी फेन्चाइच लिग आयोजना गरिने भएको हो ।
लिगका लागि फेन्चाइच टोली पनि घोषणा भएको छ । लिगमा काठमाडौं, पोखरा, विराटनगर, बुटवल, जनकपुर र धनगढी गरी ६ शहरको प्रतिनिधित्व रहने छ ।
एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लिगमा सहभागी हुने ६ वटा फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरे । सोही अवसरमा एनकेएलको लोगो र ट्रफी पनि सार्वजनिक गरिएको थियो ।
अखिल नेपाल कबड्डी संघले १० वर्षसम्मका लागि एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिलाई लिग आयोजना गर्ने अधिकार दिएको थियो ।



















