अबदेखि संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार १६:४८

काठमाडौं । संघीय सरकार मातहतका सबै अस्पतालले अबदेखि अनिवार्य विद्युतीय हाजिरीको व्यवस्था गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने र अन्यत्रै निजी अस्पताल एवं क्लिनिकमा गएर काम गर्ने गरेको गुनासो आउन थालेपछि मन्त्रालयले कडाइ गरेको हो ।

मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मुलुकभरका २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । निर्देशन दिँदै मन्त्रालयले पत्राचार गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×