
काठमाडौं । पाकिस्तानमा जारी नेत्रहिन टि २० विश्व कपको आज भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।
समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।
नेपालले पहिले ब्याटिङ गर्दै १८ ओभरमा ५ विकेट गुमाएर १ सय रनको योगफल तयार गरेको थियो । भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडेका थिए ।
नेपालले दिएको १ सय १ रनको लक्ष्य पाकिस्तानले ६ ओभर ४ बलमा कुनै विकेट नगुमाई पूरा गर्याे ।
श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग नेपाल हारेको थियो भने चौथो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सफल भयो । यस खेलमा पराजित भए पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ ।
६ देशको सहभागिता रहेको विश्व कपको फाइनल खेल डिसेम्बर ३ मा हुनेछ ।



















