तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार १४:२७

ललितपुर । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा हुने तेस्रो संस्करणको ललितपुर मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलि (मंगलबार)देखि सुरु हुँदैछ ।

४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० बरियता बाहेक), यू–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुष एकल र महिला एकलका खेलाडीहरुले खेलको आधारमा बरियता अंक प्राप्त गर्नेछन् ।

सहआयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा खेल हुनेछ । ३१ लाखको अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगलतर्फका विजयी खेलाडीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै दोस्रो हुनेले नगद २० हजार र तेस्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यू–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर ४५ माथिका प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपालभरिबाट र ३ विभागिय टोली गरी २ सय २० खेलाडीहरुले ६ विधामा प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.