एनपीएलमा आज दुई खेल

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार ०७:३१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आ दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो खेल हुनेछ । प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो । विराटनगरको दोस्रो खेल हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

यो खेल बिहान ९ः १५ बजेदेखि सुरु हुनेछ ।

आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो ।

चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । यो खेल दिउँसो १ः १५ बजेदेखि सुरु हुनेछ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ ।प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.