
काठमाडौं । कीर्तिपुरमा रहेको टियू क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोज्दै पहिलो ब्याटिङको मौका सुदूरपश्चिम रोयल्सलाई दिएको छ ।
विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ ।
दोस्रो खेल खेल्दै गरेको विराटनगरले पहिलो खेलमा खेलेका जितेन्द्र मुखिया र अकिब इल्यास बेन्चमा रहँदा दीपक बोहोरा र इस्मत आलमले मौका पाएका छन् ।
ट्यालेन्टबाट छानिएका बसन्त खत्रीलाई सुदूरपश्चिमले खेलेमा मौका दिएको हो । यस लिगमा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीलाई खेलमा मौका दिने सुदूरपश्चिम पहिलो टोली बनेको छ ।
विराटनगर किंग्सबाट सन्दीप लामिछाने, लोकेश बम, मार्टिन गप्टिल, क्रिस सोल, निकोलस कीर्तन, प्रतिस जिशी, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर र इस्मत आलाम खेल्दै छन् ।
सुदूरपश्चिम रोयल्सबाट दीपेन्द्रसिंह ऐरी, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, वसन्त खत्री, अभिनाष बोहोरा र नरेश बुढाऐर छन्



















