एनपीएलः चितवनले लगातार दोस्रो खेलमा जित निकाल्दा, ८७ रनमा पोखरा पराजित

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १६:१३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज (बुधबार)को दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ को फराकिलो रन स्कोरमा पराजित गरेको छ ।

चितवनले लगातार दोस्रो खेलमा जित निकाल्न सफल भयो भने पोखराले पहिलो खेलममै पराजय भोग्नु पर्यो ।

कीर्तिपुरस्थित टियूको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको अवसर पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । रवि बोपाराले ५१ रन, कप्तान कुशल मल्लले ३८ रन, ल्युक बेनकेनस्टेनले १६, हसन इसाखिलले १४ रन, अमर रौतेलले १३ रन तथा सन्तोष कार्की र शरद भेषवारकले समान ११ रनको योगदान गरे ।

बलिङमा पोखराका विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए ।

विजयी लक्ष्य १ सय ६२ रनसहित मैदानमा उत्रेको पोखराले १३ ओभर २ बल खैल्दै सबै विकेटको क्षतिमा ७४ रनमै समेटियो । नारायण जोशीले ३० रन र म्याट क्रिचलीले १७ रन बनाए भने पोखराका अन्य खेलाडीले दोहोरो अंक बनाउन नसक्दा हार्नु पर्यो ।

बलिङमा चितवनका सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।

अंक तालिकामा जनकपुर २ खेलमा २ जित्दै ४ अंक, चितवन २ खेलमा २ जित्दै ४ अंक, सुदूरपश्चिम २ खेलमा १ जित र १ खेल हार्दै २ अंक, काठमाडौं १ खेल्दै अंकविहीन, विराटनगर २ खेलमा अंकविहीन, कर्णाली १ खेलमा अंकविहीन र लुम्बिनीले प्रतिस्पर्धा गरेको छैन ।

बुधबारको पहिलो खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.