एनपीएलमा आज दुई खेल

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार ०८:०३

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार दुई खेल हुँदैछ । पोखरा एभेन्जर्ससँग जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग सुदूरपश्चिम रोयल्सले खेल्नेछन् ।

 कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल बिहान ९ः १५ बजे पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौं गोर्खाज् र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

लगातार दुई खेल जितेको जनकपुर तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।

पोखराको यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ ।

काठमाडौं गोर्खाजले तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले बुधबार दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।

सुदूरपश्चिमले पनि दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.