एनपीएल : जनकपुरको लगातार तेस्रो जित

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १२:२१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (बिहीबार)को पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । यो जनकपुरको लगातार तेस्रो जित र पोखराको लगातार दोस्रो हार हो ।

जिमी नीशमको अलराउण्ड प्रदर्शन मद्धतमा जनकपुर बोल्ट्स लगातार जित निकाल्न सफल भएको छ । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.