एनपीएलः टस जितेर काठमाडौंले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १३:४०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा टस जितेर काठमाडौंले सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ ।

बुधबार कर्णाली याक्ससँग खेलेको काठमाडौंको टोलीमा १ जना परिवर्तन भएका छन् । दीपेश कँडेलको स्थानमा प्रतिक श्रेष्ठले मौका पाएका छन् ।

काठमाडौं गुर्खाजबाट करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), नाथन स्वटर खेल्दैछन् ।

मंगलबार विराटनगर किंग्ससँग खेलेका २ खेलाडी परिवर्तन गरेको छ । सुदूरपश्चिमका वसन्त खत्री र अमित श्रेष्ठ बेन्चमा रहँदा रोहन मुस्ताफा र नरेन साउदले टोलीमा मौका पाएका छन् ।

सुदूरपश्चिम रोयल्सबाट दीपेन्द्रसिंह ऐरी, रोहन मुस्ताफा, विनोद भन्डारी (विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर छन् ।

आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

जनकपुरले लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ तालिकामा शीर्ष स्थानमा रहेको छ । चितवन ४ अंकका साथ दोस्रो स्थान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.