एनपीएलः सुदूरपश्चिमबाट १ सय ६८ को चुनौती काठमाडौंलाई

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १४:४७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजसामु १ सय ६८ सय रनको चुनौती प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा काठमाडौं टस जितेर फिल्डिङ रोज्दै सुदूरपश्चिमलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६७ रनको योगफल तयार पारेको छ । ब्रेन्डन मक्मेलनले ५३ रन, दीपेन्द्रसिंह ऐरीले ४३ रन, विनोद भण्डारीले ३५ रन, सेफ जेबले ११ रनको योगदान गरे । बलिङमा काठमाडौंका रसिद खानले २ विकेट तथा करण केसी, साहव आलम र जेर्हाड एरास्मसले समान १ विकेट लिएका थिए ।

काठमाडौं गुर्खाजबाट करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), नाथन स्वटर खेल्दैछन् ।

सुदूरपश्चिम रोयल्सबाट दीपेन्द्रसिंह ऐरी, रोहन मुस्ताफा, विनोद भन्डारी (विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर छन् ।

आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । जनकपुरले लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ तालिकामा शीर्ष स्थानमा रहेको छ भने चितवन ४ अंकका साथ दोस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.