एनपीएलः सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौं पराजित

Share this
615shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १६:१३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले लगातार दोस्रो जित निकाल्दै ४ अंक बनाएको छ भने काठमाडौं ३ खेलमा १ जित र २ हारका साथ २ अंक बटुलेको छ ।

१ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १५ ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा ९४ रनमै समेटियो । स्टेफन स्किनाजीले ३७ रन, सुमित महर्जनले १४ रन, भीम सार्की र जेर्हाड एरास्मसले समान १० रन बनाए ।

बलिङ सुदूरपश्चिमका नरेन साउदले ५, अभिनाष बोहोराले २, ब्रेन्डन मक्मेलन र सेफ जेब र १ विकेट लिएका थिए ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा काठमाडौं टस जितेर फिल्डिङ रोज्दै सुदूरपश्चिमलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल बनाएको थियो
आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

जनकपुरले लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ तालिकामा शीर्ष स्थानमा रहेको छ भने चितवन ४ अंकका साथ दोस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.