महानगर स्तरीय आईटीएफ तेक्वान्दो शुक्रबारदेखि

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २०, बिहीबार १८:३८

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महानगरभित्रका डोजाङ, क्लब र विद्यालयका खेलाडीहरुको सहभागिता रहेको छ । शुक्रबार र शनिबार हुने प्रतियोगितामा १ सय बढी महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहने छ ।

विराटनगर महानगरपालिका–१९ मिलन चोकमा हुने प्रतियोगितामा एकल स्पाइरिङ र एकल प्याटनका इभेन्टमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता आयोजना गर्दा करिब २ लाख ५० हजार खर्च हुने संयोजक श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.