
ललितपुर । सहआयोजक बालकुमारी रिमिक्स क्लबका ससिन डंगोल र सुमन शाक्यको जोडी ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् ।
पुरुष युगल (शीर्ष २०)बाहेकमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डंगोल र शाक्यको जोडीले नेपाली सेनाका सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–१४, २१–१२ को सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेका हुन् ।
प्रतियोगितामा नेपाली सेनाका विवेक चौधरी र सन्तोष पनेरुको जोडीले पनि जित निकाल्दै अन्तिम ८ मा प्रवेश पाए । उक्त जोडीले इलामका दिवस शंकर र सुमित थोकरको जोडीलाई २१–१८, १८–२१, २१–१४ ले पराजित गरेका हुन् ।
यस्तै, जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्ने क्रममा युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्री र निश्चल खत्रीको जोडी सेनाका विशाल तामाङ र हिमाल चन्दको जोडीलाई २३–२१, १९–२१, २१–८, सहआयोजक बालकुमारीका दिप्रिस मुनी बज्राचार्य र रमन महर्जनको जोडी क्लब ७ का प्रदीप महर्जन र तुलशी पुरीको जोडीलाई २१–१५, २१–१३ पराजित गरेका छन् ।
त्यस्तै, सेनाका डेभिड थापा मगर र सुरोज महर्जनको जोडी गार्खाका मुकुल गुरुङ र सन्बित जोशीको जोडीलाई २१–१४, २१–१७, सेनाका लक्ष्मण राना मगर र सुप्रिम पन्तको जोडीले बालकुमारीका गौतम शाक्य र निशेष शाक्यको जोडीलाई २१–१३, २१–१३, पुलिसका कविर केसी र हिराबहादुर राईको जोडीले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्की र महेश खड्काको जोडीलाई २१–१६, १७–२१, २१–१८ र सेनाकै विधान अधिकारी र पविन लिङ्थेपको जोडीले बालकुमारीका दीपेन महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१–१४, २१–१३ ले पराजित गरे ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ एपिएफका प्रिन्स दाहाल जित निकाल्दै प्रिक्वाटरफाइनलमा स्थान बनाउन सफल भए । दाहालले सेनाका विशाल तामाङलाई २१–१७, २१–१४ ले पराजित गरे ।
यस्तै, सेनाका डेभिड थापा मगरको जोडीले पुलिसका सुनिल जोशीलाई २२–२०, २१–१८ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए । प्रिक्वाटरमा स्थान बनाउने क्रममा एपिएफका क्षीतिज खनालले सेनाका सौर्य महर्जनलाई २१–१२, २१–१५, युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीले एपिएफका रोशन साउदलाई २२–२०, २३–२१, सेनाका प्रफुल महर्जनले कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका अमन डंगोललाई २१–९, २१–३, एपिएफका देवराज रानाले पुलिसका कविर केसीलाई २१–१६, २१–१३ र सेनाका सुप्रिम पन्तले गोर्खाका सन्बित जोशीलाई २१–१५, २१–१६ ले पराजित गरे ।
यस्तै, अन्तिमा ८ मा प्रवेश गर्ने क्रममा यू–१७ गल्र्स एकलतर्फको खेलमा सेनाकी रिहाना शेरचन, एपिएफकी आकृती कार्की र टिशा रानी शाक्य, लभ ब्याडमिन्टन एकेडेमीकी आश्ना श्रेष्ठ, एपिएफकी स्वर्लिन श्रेष्ठ, सेनाकी अजरन्का शेरचन, एपिएफकी प्रियन्शा श्रेष्ठ र सुर्खेतकी निशा सिंहले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गरे ।



















