एनपीएलः चितवनलाई हराउँदै कर्णाली विजयी

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २१, शुक्रबार १५:१६

काठमाडौं । कीर्तिपुरस्थित टियूको खेल मैदानमा नेपाल प्रिमियर लिग(एनपीएल)को आज भएको पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स विजयी भएको छ । कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो ।

टस जितेर कर्णालीले बलिङ रोज्दै चितवनलाई पहिलो ब्याटिङको अवसर दिएको थियो ।

पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रनको सामान्य योगफल तयार गर्यो । रवि बोपाराले ५९ रन, कुशल मल्लले २३ रन र विपिन रावलले ११ रन बनाए ।

बलिङमा कर्णालीले विपिन शर्माले ३, जिशान मक्सुदले २, नन्दन यादव र सोमपाल कामीले समान १ विकेट लिए ।
१ सय ३१ रनको लक्ष्यका साथ मैदानमा उत्रेको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.