
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको चुनौती प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टियूको खेल मैदान जारी प्रतियोगितामा लुम्बिनीले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई पहिलो ब्याटिङको मौका दिएको थियो ।
पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रनको बलियो योगफल तयार गर्यो । सेफ जेबले ९० रन, दीपेन्द्रसिंह ऐरीले ३९ रन, ब्रेन्डन मक्मेलनले २३ रन, विनोद भण्डारीले १७ रन बनाए ।
बलिङमा लुम्बिनीका लागि रेमन सिमोण्डले २ तथा कप्तान रोहित पौडेल र विवेक यादवको नाममा समान १ विकेट रह्यो ।



















