विराटनगर–१० लाई महानगर स्तरीय आईटीएफ तेक्वान्दोको उपाधि

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २२, शनिबार १८:५५

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।

कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विराटनगर वडा नम्बर १०ले ११ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ पहिलो हुँदै उपाधि जितेको हो ।

त्यस्तै, विराटनगरको मदरल्याण्ड स्कुलले ९ स्वर्ण, ६ रजत र ३ कास्य पदकका साथ दोस्रो र युमी स्कुलले २ स्वर्ण, २ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थान भएको छ । विजेताहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, प्रतियोगिताका संयोजक ओमकुमार श्रेष्ठलगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण गर्दै उनीहरुले अझ पनि सरकारले खेलकुद क्षेत्रलाई बेवास्ता गर्दै आएको बताए । तीन तहको सरकारले समन्वय गरेर खेल क्षेत्रमा पर्याप्त बजेट छुट्याउँदै, सबै खेलका प्रशिक्षक नियुक्त गर्न सके खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पदक जित्न सक्ने उनीहरुले बताएका छन् ।

महानगरभित्रका डोजाङ, क्लब र विद्यालयका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताका संयोजक श्रेष्ठले महिला र पुरुषको एकल स्पाइरिङ र प्याटनका इभेन्टमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा महिला २० केजीदेखि ६० केजीसम्म र पुरुष २० केजीदेखि ६५ केजीसम्ममा खेलेका थिए । प्रतियोगितामा १ सय ५ जना महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.