
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससँग विराटनगर किंग्स पराजित भएको छ । एनपीएलको पहिलो सुपर ओभरमा विराटनगर पराजित भएको हो ।
पाँचौं खेलमा पोखराले दोस्रो जित निकाल्दा पाँच खेलमा विराटनगर चार खेलमा पराजित भयो । यो हारसँगै विराटनगर विराटनगर लिग चरणबाट बाहिरिने सम्भावना छ ।
निर्धारत २० ओभरमा विराटनगरले १३९ रन बनाएको थियो । १४० रनको लक्ष्य पछ्याएको पोखराले पनि १३९ रन नै बनायो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफर १८ रन जोडे ।
सुपर ओभरमा १९ रनको लक्ष्य पाएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङ गरे । तर विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो ।



















