
काठमाडौं । नेपालले एसीसी यू– १९ महिला एसिया कप क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।
त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । पाकिस्तानलाई पराजित गरेको नेपाल सुपर फोरमा प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्दैछ ।



















