
विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुन्दरहरैँचाको ब्राइटफ्यूचर स्कुल र विराटनगरको मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।
विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा ब्राइटफ्यूचरले टाइब्रेकरमा विराटनगरको पोखरिया स्कुललाई ५–४ गोलले फरकमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
खेलको निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । ब्राइटफ्यूचरका गणेशबहादुर मगर प्लेयर अफ द म्याच भए ।
त्यस्तै, आजै भएको दोस्रो खेलमा मोर्डर एरा स्कुलले विराटनगरको सेन्टजोसेफ स्कुललाई ३–१ गोलले हराउँदै सेमिफाइलनमा पुगेको हो । मोर्डन एराका लागि आशिष राईले २ र अर्जुन कुँवरले १ गोल गरे ।
सेन्टजोसेफको तर्फबाट सान्तवना गोल ओबेल थापाले गरे । प्लेयर अफ द म्याच मोर्डन एराका आशिष राई भए ।
प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेल मोर्डन एरा र मेरिल्याण्ड, दोस्रो खेल रेडस्टार र ब्राइटफ्यूचर स्कुलबीच हुनेछ ।



















