
काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि जितेको हो ।
उपाधि जितेको जनकपुरले एनपीएलको ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार पाएको छ ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जनकपुरले १९. २ ओभरमा ५ विकेटकाे क्षातिमा लक्ष्य पुरा गर्यो ।



















