
काठमाडौं । सन्दीप लामिछोनेको नेतृत्वमा ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ ।
बागमती प्रदेश क्रिकेट संघले आज (बिहीबार) सन्दीपको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको जनाएको छ ।
सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन् ।
साथै इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोशन बिक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा सामेल छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा प्रतियोगिता आयोजना हुने भएको छ ।



















