राखेपका नवनियुक्त सदस्यको स्वागत

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २१, आइतबार १८:५४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतबार स्वागत गरेको छ ।

पुस ९ गते मन्त्री परिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरुलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकोमा बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । नन्दा र सुवर्ण सदस्यमा दोहोरिएका हुन् । नन्दा भने राखेप कार्यकारी समितिकी सदस्य पनि थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले कुनै पनि प्रतियोगिताको नियमित निरन्तरता अत्ति आवश्यक भएको बताउँदै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु पर्नेमा जोड दिए ।

सदस्य नन्दाले दोस्रो पटक नियुक्त हुँदा पुनः मूल घर फर्कको आभास भएको बताउँदै विगतका कमिकमजोरीलाई सच्चयाउँदै खेलकुदलाई नयाँ उचाइमा पु¥याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सदस्य चन्दले नियुक्तले जिम्मेवारी थपिएको महसुश भएको बताउँदै नेपाल तेक्वान्दो संघमा लामो समय काम गरेको अनुभवलाई समग्र खेल क्षेत्रको विकासमा लगाउने बताए ।

कार्यक्रममा राखेपका सदस्य अञ्जन धमला, अन्जना श्रेष्ठ, रामचन्द्र्र श्रेष्ठ र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक शोभितराज प्रसाईं, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक कृष्ण तिमिल्सिना, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.