खो खो टोली शनिबार भारत प्रस्थान गर्दै

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २६, शुक्रबार १८:५३

काठमाडौं । प्रथम खो खो विश्व कपमा सहभागी हुन ५० खेलाडीसहित ५३ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ ।

पुस २९ देखि माघ ६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा २५–२५ पुरुष÷महिला खेलाडी, २ प्रशिक्षक र १ सहायक प्रशिक्षक छन् ।

विश्व कपमा पुरुषमा २० र महिलामा १९ टिमको सहभागिता रहने नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.