महिला टोलीले त्रिदेशीय टि–२० शृङ्खला खेल्ने

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २८, आइतबार ०७:०२

विराटनगर । नेपाल नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको त्रिदेशीय टि–२० क्रिकेट शृङ्खला हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आउँदो माघ १७ देखि २५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहने शृङ्खलाका सबै खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

शृङ्खलामा हरेक टोलीले हरेकसँग तीन पटक खेल्नेछन् । लिग चरणको अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । यस्तै माघ १७ गते नेदरल्याण्ड्ससँग, १८ गते थाइल्याण्डसँग, २० गते नेदरल्याण्ड्ससँग, २१ गते थाइल्याण्डसँग, २२ गते नेदरल्याण्ड्ससँग र माघ २३ गते थाइल्याण्डसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.