नेशनल टेक च्यालेन्जर्सलाई उपाधि

Share this
836shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २८, आइतबार १९:०७

विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) मोरङको आयोजनामा भएको आईएनजी स्क्रीन र एयुएफआईटी क्यान प्रिमियर लिग २०२५ क्रिकेट प्रतियोगितामा नेशनल टेक च्यालेन्जर्सले उपाधि जितेको छ ।

शनिबार विराटनगरको द स्पोट्र्स हब मा भएको फाइनल खेलमा नेशनल टेक च्यालेन्जर्सले बिट्स टिमलाई पराजित गर्दै उपाधि जितेको हो । दाहुवा टेक्नोलोजी (इओन टेक्नोलोजी), निक्सन र हिकसेमीको सह–प्रायोजनमा आयोजित सो प्रतियोगितामा मोरङका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ७ टिमले सहभागिता जनाएका थिए ।

विजेता टिमका कप्तान तथा नेशनल टेक वल्र्डका संचालक समिर आलमले यस प्रतियोगिताले सूचना तथा सञ्चार प्रविधि व्यवसायीहरूबीच एकता कायम गर्न सहयोग पुर्याएको बताए । उनले टिमको उत्कृष्ट प्रदर्शन र सबै शुभचिन्तकहरूप्रति आभार व्यक्त गरे । प्रतियोगितामा व्यक्तिगत उपलब्धितर्फ नेशनल टेक च्यालेन्जर्सका शकिब हकले उत्कृष्ट ब्याट्सम्यान र बिट्सका अरिहन्त बैद्य उत्कृष्ट बलर घोषित भए ।

नेशनल टेक च्यालेन्जर्सका राहुल वर्मा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा मोरङ क्षेत्रका ५० भन्दा बढी सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन युवा नेता वसिम आलमले गर्नुभएको थियो । विजेतालाइ पुरस्कार राशी र ट्रफी वितरण गर्दै उनले क्यानले खेल र आइसिटीको अद्भूत संगम क्यान प्रिमियर लिग प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.