
काठमाडौं । आईसीसी यू– १९ महिला टी २० विश्वकपको तयारीका लागि नेपालले आज अमेरिकासँग अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार आज बिहान मलेसियाको क्वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा हुनेछ ।
पहिलो अभ्यास खेलमा नेपाल वेष्टइन्डिजसँग ९ रनले पराजित भएको थियो ।
विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसियामा छ ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा यू– १९ महिला टी२० विश्वकप हुनेछ । प्रतियोगितामा १६ टिम सहभागी छन् ।



















