रवि लामिछानेलाई पुर्याइयो काठमाडौं अदालत

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २, बुधबार ११:०३

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई केही बेरअघि जिल्ला अदालत काठमाडौं पुर्याइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेलाई थुनछेक बहसका लागि अदालत लगिएको हो । स्वर्णलक्ष्मी ठगीमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

बयान सकिएलगत्तै न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई आइतबार हिरासत पठाउन आदेश दिएको थियो । मुद्दामा सोमबार थुनछेक बहस सुरु भयो । तर, सरकारी वकिलहरुको बहस सकिए पनि लामिछानकोका कानुन व्यवसायीको बहस सुरु हुन सकेन ।

बहस बाँकी रहेपछि न्यायाधीश अधिकारीको इजलासले उनलाई दोस्रो दिन पनि न्यायिक हिरासतमा पठाउन आदेश दियो । लामिछाने पक्षका वकिलहरूले भने उनलाई बहिरै राख्न आग्रह गरेका थिए ।

तर, इजलासले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट पुनः निरन्तर सुनुवाइ हुनेगरी लामिछानेलाई हिरासतमा पठाउन आदेश दियो । लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

अदालतमा अब लामिछाने पक्षका वकिलहरुको बहस हुने छ । उनीहरुको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन् ।

त्यसपछि उनलाई थुनामा पठाउने अर्थात धरौटीमा वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश इजलासबाट हुने छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसँग जोडिएको मुद्दामा जिल्ला अदालत कास्कीको आदेशबाट लामिछाने गत बिहीबार ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.