विश्वविद्यालय खेलकुद पोखरामा हुने

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ४, शुक्रबार १९:४३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा दोस्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतदेखि पोखरामा हुने भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सह–आयोजना तथा गण्डकी विश्वविद्यालयको समन्वयमा हुने प्रतियोगितामा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुनेछ ।

भलिबल, एथलेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजकसमेत रहेका राखेपका सदस्य डा. मधुसुदन सुवेदीले जानकारी दिए ।

भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ । पुरुष / महिलातर्फ एथलेटिक्समा समान ४–४ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान २–२ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ६० खेलाडी सहभागी हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले बताए । २ दिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशाला हातामा खेलाइने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.