विश्वकप क्रिकेट :पाँच खेलाडी रनआउट हुँदा ५२ रनमा समेटियो नेपाल

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ५, शनिबार १३:४८

काठमाडौं । आइसीसी यू–१९ महिला टी– २० विश्वकप क्रिकेटको डेब्यू खेलमा नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो ।

नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् ।

सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरन कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३, अनु कडायत ० रनमा आउट भए ।

बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् ।

नेपालका ५ खेलाडी रन आउट भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.