यु १९ महिला विश्व कप– नेपाल स्कटल्याण्डसँग पराजित

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १६:०८

काठमाडौं । यु १९ महिला विश्व कपमा नेपालको लगातार दोस्रो हार भएको छ ।

मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । नेपालले लगातार दोस्रो हार बेहारेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७३ रनमै समेटियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन, सावित्री धामीले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २–२ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।

स्कटल्याण्डले पाएको ७४ रनको लक्ष्य १८ ओभर ४ बल खेल्दै ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले १२ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २–२ तथा पूजा महतो र कृष्मा गुरुङले समान १–१ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । हारसँगै नेपालको सुपर सिक्स प्रवेशको सम्भावना कमजोर बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.