विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार १७:०७

काठमाडौं । लगातार तीन खेलमा पराजित भएपछि नेपाल आईसीसी यू– १९ महिला टी २० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएपछि समूह चरणबाटै बाहिरिएको हो ।

नेपाल पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो र ८३ रनले पराजित भयो ।

त्यसअघि मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.