मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार १७:५२

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान)मोरङले आयोजना गरेको हिसान स्पोट्र्स मीटमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड कलेज विजयी भएका छन् ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रीनल्याण्ड कलेजलाई १–० को गोलमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ । अभिषेक मगरले गोल गर्दै मोडन एरालाई विजयी बनाए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा सगरमाथा कलेजले नेशनल एकेडेमीलाई ४–० को फराकिलो गोल संख्यामा पराजित गरेको छ । सगरमाथाका प्लेयर अफ द म्याच सोसेहाङ लिम्बू, प्रशान्त राई, साइमन बस्नेत र महमद स्यामुलले १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । 

त्यसैगरी, आजै भएको तेस्रो खेलमा उर्लाबारीको होलीचाइल्ड कलेजले विराटनगरको भानु कलेजलाई ३–० को गोलअन्तरले पराजित गरेको छ । होलीचाइल्डका अभिषेक मगरले २ गोल र उदय भुजेलले १ गोल गरे । भुजेल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा क्रिकेटका खेलहरू हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.