नेपाल भलिबल लिग (एनभीएल)को तयारीमा तीव्रता

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १०, बिहीबार २०:२६

काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय फ्रेन्चाइज लिगको रोमाञ्चकता बढिरहँदा देशका हरेक भूभागमा खेलिने भलिबलको लिग आयोजनाले नेपाली समर्थक धेरै उत्साहित छन् ।

क्रिकेट, महिला भलिबल, कबड्डीको फ्रेन्चाइज लिग भइरहँदा पुरुष भलिबल लिगको तयारीमा तीव्रता दिइएको  हो । नेपालको व्यावसायिक घरना तथा खेलप्रति चासो राख्ने केडिया ग्रुपले नेपाल भलिबल लिग गर्दै छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग आयोजनाले समर्थक पनि उतिकै उत्साहित र प्रतिक्षामा छन् ।
यता, नेपाल भलिबल लिग (एनभीएल) छिट्टै सुरु गर्ने गरी आयोजक पनि जुटेको छ । 

नेपाली खेलकुदमा पछिल्ला समय एकपछि अर्को फ्रेन्चाइज लिग सञ्चालन भइरहेका छन् । यी आयोजनाले खेलमार्फत आम मानिसहरूलाई आकर्षण पनि गरिरहेको छ ।

विश्व स्तरीय स्टार खेलाडी नेपालमा भित्रिँदा नेपालमा सर्वत्र चासो बढ्नु स्वाभाविक पनि हो । पहिलोपल्ट पुरुष भलिबल लिग हुन लागेको हो ।

त्यसैले यसको सुरुआत राम्रो दिने लक्ष्यमा आयोजक छ । दीर्घकालमा यो फ्रेन्चाइजलाई दक्षिण एसियाकै उत्कृष्ट भलिबल लिगका रूपमा स्थापित गर्ने लक्ष्यमा आयोजक रहेको बताइएको छ । 

त्यसका लागि स्टार खेलाडी भित्राउने, आम दर्शकका लागि योजनासँगै व्यवस्थित रूपमा लिग आयोजना गर्न पछि नपर्ने आयोजकको भनाइ छ । यसअघि नै एनभीएलको लोगो सार्वजनिक भइसकेको छ । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका थिए । साथै एनभीएलमा ६ फ्रेन्चाइज टोलीले खेल्ने पनि टुङ्गो लागी सकेको छ ।

हरेक फ्रेन्चाइज टोलीको नाम भलिबल खेल लोकप्रिय रहेका क्षेत्र प्राथमिकता राख्ने योजनामा आयोजक छ । सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले यसअघि नै स्पष्ट पारेको थियो ।

साथै ९ दिनसम्म चल्ने लिगमा कूल १५ खेल हुनेछन् । लिगमा शीर्ष २ स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । मार्की प्लेयर घोषणा र स्थानीय खेलाडीको आबद्धता पनि छिट्टै टुङ्गो लगाइने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.