नेपालले टस जितेर बलिङ गर्दै 

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ११, शुक्रबार १२:२१

काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ ।

मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा नेपालकी कप्तान पूजा महतोले टस जितेर फिल्डिङ रोज्दै मलेसियालाई पहिलो ब्याटिङको निम्तो दिएको हो । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए ।

पहिलो पटक विश्व कप खेलिरहेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।

मलेसिया र नेपाल यु १९ सन् २०२३ विश्व कपको एसिया छनोटमा एक पटक आमने सामने भएका छन् । त्यो भेटमा नेपाल २५ रनले विजयी भएको थियो ।

नेपालको प्लेइङ११

कृष्मा गुरुङ, कुशुम गोदार, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो ९कप्तान०, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र स्नेहा महरा ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.