शिक्षासन्देश, सगरमाथा, कान्तिपुर, बिकेभिएम, अरनिको, अर्किड, मोडर्न एरा र ग्रिनल्याण्ड विजयी

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार १९:१०

 विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान)मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार (आज)विभिन्न खेलहरु सम्पन्न भएका छन् । 

प्रतियोगिताअन्तर्गत शनिबार भएको भलिबलको छात्रतर्फ शिक्षासन्देश कलेजले शिक्षादीप कलेजलाई २–१ को सेटले पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच शिक्षासन्देशका सन्तोष खवास भए ।

अर्को खेलमा कान्तिपुर कलेजले बुद्ध स्कुललाई २–१ को सेटमा पराजित गर्यो । खेलको प्लेयर अफ म्याच कान्तिपुरका केबल लिम्बू भए ।

तेस्रो खेलमा मोडर्न एरा कलेजले ग्यालेक्सी कलेजलाई सोझो सेटमा पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच मोडर्न एराका देवराज थापा मगर भए ।

चौथो खेलमा रेडस्टारले सिद्धार्थ कलेजलाई सोझो सेटमा पराजित गरेको छ । खेलको प्लेयर अफ म्याच रेडस्टारका सुरज राई भए ।

छात्रातर्फ रेडस्टारले अर्किड कलेजलाई सोझो सेटमा हरायो । खेलको प्लेयर अफ म्याच रेडस्टारकी स्मृति राई भइन् ।

फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २–० गोलमा पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रशान्त राई भए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले होलीचाइल्ड कलेजलाई २–० गोलमा हरायो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका गौतमकुमार चौधरी भए ।

त्यस्तै, क्रिकेटतर्फ पहिलो खेलमा बिकेभिएम स्कुलले रेडस्टार स्कुललाई ८ विकेट हरायो । बिकेभिएमले टस जितेर रेडस्टारलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । 

पहिले ब्याटिङ गर्दै रेडस्टारले निर्धारित १३ ओभरको खेलमा १२ ओभर खेल्दै सबै विकेटको क्षतिमा ४६ रन बनायो । मुकेश शर्माले १३ रन बनाए । बिकेभिएमका शिवम् यादवले ४ विकेट र प्लेयर अफ म्याच सचिन्द्रप्रसाद यादवले ३ विकेट लिए ।

४७ रनको लक्ष्य पाएको बिकेभिएमले ९ ओभर खेल्दै २ विकेटको क्षतिमा जित निकाल्यो । धिरेन्द्र खदहरीले १९ रन बनाए । रेडस्टारका सक्षम नेउपाने र रोशन थापाले समान १–१ विकेट लिए ।

त्यसैगरी, दोस्रो खेलमा अरनिको कलेजले शिक्षादीप कलेजलाई ९६ रनले पराजित गर्यो । टस जित्दै ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो । समिर आलमले ३२ रन बनाए । शिक्षादीपका सौरभ कामत र सुदीप यादवले १–१ विकेट लिए ।

१ सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा शिक्षादीपले १४ ओभरमा सबै विकेट गुमाउँदै ३४ रनमै समेटियो । सौरभ कामतले ११ रन बनाए । अरनिकोका प्लेयर अफ म्याच नुर अहमदले ४ विकेट लिए ।

यस्तै, कबड्डीको पहिलो खेलमा अर्किड कलेजले सिद्धार्थ स्कुललाई ५६–२४ को स्कोर हरायो । दोस्रो खेलमा कान्तिपुर कलेजले भानु कलेजलाई ४१–२७ को स्कोरले पराजित गर्यो ।

तेस्रो खेलमा मोडर्न एरा कलेजले शिक्षादीप कलेजलाई ५७–३० को स्कोरले हरायो । चौथो खेलमा ग्रिनल्याण्ड कलेजले वाक ओभरका आधारमा जित्यो । समयमा विराट क्याम्पस नआएपछि ग्रिनल्याण्डले वाक ओभर पाएको हो ।  

टेबलटेनिसको गल्र्स टीम इभेन्टतर्फ सगरमाथा कलेजले शिक्षादीप कलेजलाई ३–१ को सेटमा हराउँदै फाइनल पुग्यो । अर्को खेलमा अरनिको कलेजले मेरिल्याण्ड कलेजलाई सोझो सेटमा हराउँदै फाइनलमा पुग्यो ।  

त्यस्तै, ब्वाइज टीम इभेन्टतर्फ  मेरिल्याण्ड कलेजले शिक्षादीप कलेजलाई सोझो सेटमा हराउँदै फाइनलमा पुग्यो । अर्काे  खेलमा बिकेभिएम कलेजले सगरमाथा कलेजलाई ३–१ को सेटमा हराउँदै फाइनलमा पुग्यो ।  

यसैगरी, गल्र्स सिंग्लमा सगरमाथाकी रुबी मेहताले शिक्षादीपकी दिव्यांका खड्कालाई सोझो सेटमा हराउँदै फाइनलमा पुगिन् ।

अर्को खेलमा अरनिकोकी ओमकुमारी चौधरीले मेरिल्याण्डकी प्राप्ती कार्कीलाई ३–१ को सेटमा हराउँदै फाइनल प्रवेश गरिन् ।

यस्तै, ब्वाइज सिंग्लमा सगरमाथाका रजतरमण दवाडीले  मेरिल्याण्डका सागरबहादुर बस्नेतलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुगे । 

अर्काे खेलमा बिकेभिएमका यथार्थ आचार्यले अरनिकोका आयुष यादवलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.