विराटनगरमा पाठेघरको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार ०७:४३

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ ।

यही माघ २३ देखि फागुन ७ गतेसम्म१९ वटै वडा र विद्यालयमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । अभियानका विषयमा आइतबार महानगरले वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युलाई रोक्ने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन लागिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनका अनुसार विद्यालय जाने र नजाने किशोरीहरुलाई खोप लगाइने उनको भनाइ छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जानकारी दिए । जसबाट १ हजार ३ सय १३ जना अर्थात् कूल बिरामीमध्ये ६१ प्रतिशत महिलाको मृत्यु हुने गरेको तथ्यांक उनले प्रस्तुत गरे ।

भण्डारीका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरबाट औसतमा हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर जटिल र भयावह बन्दै गएको उनले बताए ।

पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई कम गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको हो । उपमेयर कार्कीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान राष्ट्रिय अभियान भएकाले सबैको सहकार्यले सफल हुने बताइन् । अभियानबारे सबै जागरुक हुनुपर्नेमा उनको जोड छ ।

अभियानलाई सफल बनाउन १९ वटै वडामा माइकिङ, वडावडामा सचेतनामूलक कार्यक्रमलगायत सञ्चालन गरिनेछ । महानगरभित्र १ सय २१ वटा विद्यालय, २९ वटा समुदाय र १९ वटा वडा स्वास्थ्य कार्यालयसहित १ सय ६९ वटा खोप केन्द्र तोकिएका छन् ।

खोप अभियानमा करिब २ सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी दिए । विद्यालय बाहिरका २ हजार ७ जनासहित १४ हजार ४ सय ८६ जनालाई खोप लगाउने लक्ष्य राखिएको गौतमले बताए ।

तपाइको प्रतिक्रिया
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×