
काठमाडौं । एन्फा महिला लिगको उपाधिका लागि दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स जारी प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच बुधबार प्रतिस्पर्धा हुने भएको हो ।
सोमबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै पुलिस क्लब फाइनलका पुग्यो ।
खेलको निर्धारित ९० र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा पुलिसकी गोलकिपर उषा नाथले ३ प्रहार रोकेकी थिइन् ।
पहिलो क्वालिफायरमा एपीएफसँग २–१ गोलले पराजित भएपछि आर्मीले पुलिससँग दोस्रो क्वालिफायर खेलेको थियो ।
पुलिस भने एलिमिनेटरमा बागमती युथ क्लबलाई १–० गोलले पराजित गर्दै क्वालिफायरका लागि छनोट भएको थियो ।



















