महानगर स्तरीय कबड्डी प्रतियोगिता सुरु 

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १५, मंगलबार १८:५४

विराटनगर । विराटनगरमा मंगलबार (आज)देखि ‘महानगर स्तरीय कबड्डी’ प्रतियोगिता सुरु भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगरले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ४, १४, १६ र १७, नम्बर वडा विजयी भएका छन् । 

प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर १४ ले वडा नम्बर २ लाई ६२–२३ ले पराजित गर्यो । 

दोश्रो खेलमा वडा नम्बर १७ ले वडा नम्बर ८ लाई  ५१–४४ मा हरायो । तेस्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर १२ लाई ४८–४१ मा पराजित गरेको छ । चौथो खेलमा वडा नम्बर १६ ले वडा नम्बर ७ लाई ५३–१६ मा पराजित गरेको खेल संयोजक हमिद आजादले जानकारी दिए । 

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार, दोस्रोले ३१ र तेस्रो २ टिमले जनही ११ हजार रुपैयाँका साथै शिल्ड तथा प्रमाणपत्र प्रदान प्राप्त गर्ने छन् । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताको उद्‌घाटन गर्दै नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकालले खेलकुदको विकास स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले सम्भावना बोकेको खेलका रुपमा रहेको कबड्डीलाई सरकारले विषेश ध्यान दिनुपर्ने धारणा राखे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.