
विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्टस् मीटको क्रिकेटको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ ।
उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत क्रिकेटको उपाधि अरनिकोले ग्रिनल्याण्ड कलेजलाई ५८ रनले हराउँदै जितेको हो । यो जितसँगै अरनिकोले चौथो पटक क्रिकेटको उपाधि जितेको छ ।
टस जितेर ब्याटिङ थालेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १५ रनको चुनौती बनायो । सुरज झाले २५, नुर अहमदले २०, रामनारायण यादवले १६ र सोनु साहले १३ रन बनाए ।
बलिङमा ग्रिनल्याण्डका गणेश यादव, अमित चौधरी र कृष्ण चौधरीले समान २–२ विकेट लिए ।
१ सय १६ रनको चुनौती पाएको ग्रिनल्याण्डले १९ ओभर खेल्दै सबै विकेटको क्षतिमा ५७ रनमै समेटियो । सुशील यादवले १२ रन बनाए ।
बलिङमा अरनिकोका प्लेयर अफ म्याच नुर अहमदले ४ विकेट, रामनारायण यादव र अमर यादवले समान २–२ विकेट लिए ।
प्रतियोगिताको प्लेयर अफ सिरिज ग्रिनल्याण्डका गौरीशंकर माझी घोषित भएभने उत्कृष्ट ब्याटर मेरिल्याण्डका कृष्ण देव र उत्कृष्ट बलर बिकेभिएमका आकाश चौधरी भए ।



















