पूर्व कप्तान अनु लामाले लिइन् घरेलु फुटबलबाट सन्यास

Share this
843shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १६, बुधबार १७:११

काठमाडौं । एन्फा महिला लिगको अन्तिम खेलमा गोल गर्दै राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छन् ।

३७ वर्षीया लामाले बुधबार एन्फा महिला लिगको अन्तिम खेलपछि फुटबल करिअरलाई पूर्णविराम लगाएकी हुन् । उनले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेकी थिइन् ।

अन्तिम खेल एपीएफ क्लबबाट खेल्दै उनले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै टोलीलाई उपाधि जिताउन योगदान गरिन् ।

लामाले इन्जुरी समयमा गोल गर्दै खेल जीवनको अन्तिम क्षणलाई सम्झनायोग्य बनाइन् । राष्ट्रिय टोलीका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी लामाको कीर्तिमानलाई सावित्रा भण्डारी (साम्बा)ले तोडेकी थिइन् ।

लामाले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेकी थिइन् । सन्यासपछि उनले यू–१६ महिला टोलीको सहायक प्रशिक्षकको रूपमा भूमिका निभाएकी थिइन् ।

फाइनल खेलपछि एपीएफका खेलाडीहरूले उनलाई गार्ड अफ अनर प्रदान गर्दै सम्मानजनक बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.