हिसान स्पोर्टसकाे उपाधि कान्तिपुर र रेडस्टारलाई 

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार १९:११

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताहअन्तर्गत पुरुष र महिला फुटबल प्रतियोगितामा विराटनगरको कान्तिपुर कलेज र पथरीको रेडस्टार कलेजले उपाधि जितेको छ ।

विराटनगरमा सम्पन्न प्रतियोगितामा पुरुष फुटबलतर्फ कान्तिपुर कलेजले रेडस्टारलाई १–० को गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।

कान्तिपुरको जितमा मध्यान्तरपछिको १४ औं मिनेटमा गौतम चौधरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका शिवनारायण चौधरी भए ।

सर्वाधिक गोलकर्ता कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जीवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्य राना मगर, उत्कृष्ट मिडफिल्डर रेडस्टारका सौगात राई भए भने उत्कृष्ट प्रशिक्षक कान्तिपुरका कोमल खवास भए ।

त्यस्तै, छात्रा फुटबलमा रेडस्टारले विराटनगरको अर्किड कलेजलाई ३–० को गोल अन्तरमा हराउँदै उपाधि जित्यो । रेडस्टारका लागि स्मृति राई, सलिजा राई र आशिका लिम्बूले समान १–१ गोर गरे । 

प्लेयर अफ द सिरिज रेडस्टारकी स्मृति राई भइन् भने हाइस्कोर अर्किडकी समीक्षा आचार्य, उत्कृष्ट मिडफिल्डर रेडस्टारकी सलिजा राई र उत्कृष्ट गोलकिपर रेडस्टारकी विद्या लिम्बू भइन् ।

विजयी तथा अन्य खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दीपेश बास्तोला र हिसान मोरङका अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.