आवासीय चिकित्सक आन्दोलित

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १०:५७

काठमाडौं । आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम बढाउँदै लगेका छन् । आन्दोलनअन्तर्गत आज (शुक्रबार) ‘पेन डाउन’सहित विरोध प्रदर्शन गरेका छन् ।

सरकारीसरह पारिश्रमिक माग गर्दै आवासीय चिकित्सक आन्दोलित बनेका हुन् । उनीहरु ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलतमा उत्रिएका छन् ।

आन्दोलनरत आवासीय चिकित्सकहरुले बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ गरेका छन् । साथै, आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र भने माइतीघर मण्डलामा समेत भेला भएर प्रदर्शन गर्ने कार्यक्रम छ । माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले बताए ।

संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारीसरह कायम गर्न माग गरिरहेका छन् । सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउनुपर्ने मागसमेत उनीहरुको छ ।

आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनी उनीहरुले दिएका छन् । चिकित्सकले आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुने सम्भावना बढेको छ ।

तपाइको प्रतिक्रिया
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×