मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुरज श्रेष्ठ

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १२:४४

 विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुरजबहादुर श्रेष्ठ नियुक्त भएका छन् । 

कोशी खेलकुद  विकास बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री तथा पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो ।

बिहीबार बसेको बोर्ड बैठकले प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १६ को उपदफा २ को खण्ड (क) बमोजिम श्रेष्ठलाई मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनयन गरेको बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले जानकारी दिए । 

अध्यक्षमा नियुक्त भएका श्रेष्ठलाई बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले सपथग्रहण गराइन् । उपाध्यक्ष कार्की र सदस्यसचिव बस्नेतले संयुक्त रूपमा श्रेष्ठलाई मनोनयन पत्र प्रदान गरे । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.