
विराटनगर । कोशी प्रदेश फुटबल रेफ्री संघको अध्यक्षमा मधुसुदन खनाल निर्विरोध निर्वाचित भएका छन् ।
झापाको झिलझिलेमा भएको प्रथम साधारणसभाले विराटनगरका खनालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार बस्नेत, उपाध्यक्षमा संजय श्रेष्ठ र प्रेम जिमी छन् ।
त्यस्तै, सदस्यहरू विपुल दाहाल, विक्रम कार्की, यशराज राई, मनिष अधिकारी, पंकज चौधरी, सुरेश थापा मगर, विजय राई, लिला बाँस्कोटा र सुभास श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईलगायतले नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए ।



















