क्रिकेट संघ मोरङमा विवाद

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार १७:३०

विराटनगर । अध्यक्ष मोहम्मद साद कुरैसी बाबुको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै एउटा पक्षले सामुहिक राजीनामा दिएपछि जिल्ला क्रिकेट संघ मोरङमा विवाद सुरु भएको छ ।

एकसाता अघि भएको बैठकमा अध्यक्षको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै सामूहिक राजीनामा दिएपछि विवाद सुरु भएको हो ।

प्रशिक्षक तथा संघका सदस्य राजेश पोखरेलले सामाजिक सञ्जालमा राजीनामा पत्र नै राखेका छन् ।

संघको जिल्ला अधिवेशन, गतवर्ष सम्पन्न मुख्यमन्त्री कप क्रिकेटको हिसाब किताब सार्वजनिक नगरेको, विजेता टोली त्रिभुवन आर्मी क्लबलाई पहिलो पुरस्कार वितरण नगरेको, नेपाल प्रिमियर लिगमा सहभागी विराटनगर किंग्समा खेलाडीलाई स्थान दिन नसकेको लगायतको आरोप लगाउँदै सचिव अशोक रेग्मी, कोषाध्यक्ष रश्मी शर्मा चौलागाई, सदस्य राजेश पोखरेल, रोशन बुढाथोकी, सुनिल पौडेल, अम्बिका बुढाथोकी, प्रविन भण्डारी, विवेक झाले संयुक्त राजीनामा दिएका थिए । सचिवसहित सदस्यको राजीनामा आएपछि अध्यक्ष अफठ्यारोमा छन् ।

क्रिकेटलाई चलायमान बनाउने क्रममा पदाधिकारीबाट असहयोग भएको अध्यक्ष कुरैसीले बताएका छन् । ‘संघमा भएका गतिविधिमा केही असहमति बनेका होलान् तर पछिल्लो समय विराटनगरमा क्रिकेट भएको पनि हेर्नुपर्छ,’ उनले भनेका छन् ,‘ संघका सबै साथीहरूको साथमा क्रिकेट भइरहेको छ ।’

गतवर्ष चैत्र ३० गते सम्पन्न कोशी प्रादेशिक राष्ट्रिय टी २० मा पाँचलाख रुपैयाँ नगदसहित उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले प्रतियोगिताका लागि ४० लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको संघको भनाइ छ । तर, राजनीतिक फेरबदलसँग मुख्यमन्त्री कार्की सरकारबाट बाहिरिएपछि सो रकम सरकारले दिएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.